सोती हत्याकाण्ड समूच्च मानव जातिकै लागि कलंक-पूर्बराजा



काठमाडौं ।अन्तरजातीय प्रेमसम्बन्धको बिषयलाइ लिएर रुकुममा दलित यूबाहरुको बर्बर हत्याको चौतर्फी विरोध भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले घटनामा संलग्नलाई कारवाहीको माग गर्नुभएको छ ।

कसैको जात, धर्म र वर्णका आधारमा छुवाछुत गर्नु वा गर्न प्रेरित गर्नु मानवता विरोधी कर्म भएको पनि उल्लेख गर्दै पूर्बराजा शाहले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै जातकै आधारमा अझै कसैको हत्या हुनु घोर निन्दनीय भएको धारणा व्यक्त गर्नुभएको छ।

राजनैतिक वा सामाजिक संरक्षणमा यस्तो कार्य हुनु समुच्च मानव जातिका लागि नै कलंक भएको वहाँ को टिप्पणी छ। पूर्बराजा शाहले ट्वीटमा भन्नुभएको छ-‘यस्तो अक्षम्य अपराधमा संलग्न सबैलाई तत्काल उचित कार्वाही होस।’

चौरजहारी नगरपालिका–८ सोतीकी मल्ल थरकी १७ वर्षीया युवतीसंगको प्रेम सम्बन्धलाई लिएर शनिबार बेलुका ८ बजेतिर भएको घटनामा जाजरकोटको भेरी नगरपालिका–४ नवराज विक (प्रेमी), गणेश बुढामगर र चौरहजारी नगरपालिका–१ टीकाराम सुनारको शव भेरी नदीमा मृत भेटिएको थियो।

घटनामा भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय लोकेन्द्र सुनार, १८ वर्षकै सञ्जु (सन्दीप) विक र १७ वर्षीय गोविन्द शाही सम्पर्क विहीन छन्।
यस्तो छ पूर्बराजाको ट्वीट
कसैको जात, धर्म र वर्णका आधारमा छुवाछुत गर्नु वा गर्न प्रेरित गर्नु मानवता विरोधी कर्म हो । अझै कसैको हत्या हुनु घोर निन्दनिय छ। राजनैतिक वा सामाजिक संरक्षणमा यस्तो कार्य हुनु समुच्च मानव जातिका लागि नै कलंकको विषय हो । यस्तो अक्षम्य अपराधमा संलग्न सबैलाई तत्काल उचित कार्वाही होस् ।

प्रतिक्रिया दिनुहोस्