होम आइसोलेसनमा रहेकी गर्भवतीको मृत्यु
सप्तरी १३ जेठ । होम आइसोलेसनमा रहेकी एक गर्भवती महिलाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका(११ की २४ वर्षीय गर्भवती महिलालाई अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान साढे ६ बजे उनको मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनलाई १० दिन अगाडी नै १०२ डिग्री ज्वरो आएको जथियो । उनलाई राजविराजस्थित डा।विनिया यादवको क्लिनिकमा होम आइसोलेसनमा बस्न भन्दै औषधि दिएर चिकित्सकले घर पठादिएका थिए ।