लकडाउनमा घरभाडा छुट नगरे डेरावाल संघले आन्दोलन गर्ने



काठमाडौं, १० जेठ । डेरावाला सङघर्स समितिका संयोजक योगेस बरालले लक डाउन अबधिमा आधा भाडा छुट गराउन सरकारसग माग गर्दै जबर्जस्ति भाडा असुल्नेलाइ कारबाही गर्न सरकारसंग माग गरेका छन ।

यो महामारीको समयमा मध्यम बर्ग भोकमरीमा जादैछ । आर्थिक सङकट आउदैछ । खाद्यान्न अभाव हुने स्थिती सिर्जना हुँदैछ । उनी भन्छन् सरकारले यति सहि नीति निर्माण गरेन भने त्यो भयानक हुनेवाला छ । यसैले यो अबधि भाडावाला र डेरावालको आधा भाडा छुट हुनुपर्छ ।निम्न आय भएका डेरावालालाइ सरकारले सहुलियत ऋण दिनुपर्छ ।

खाद्यान्न स्वास्थ आदि कुराको ग्यारेन्टी हुनुपर्छ । हामीले यो कुरा उठाउन थालेको दसकौ भयो । यदी डेरावाल सडकमा आए भने त्यो यो सरकारको लागि महङ्गो पर्नेछ । यसैले ओली सरकारले बेलैमा ध्यान पुर्याओस । यदी आफुहरुले राखेको माग पुरा नभए सडकमा आउनेसम्म उनले चेतावनी दिए । आन्दोलनको तयारी हुँदै गरेको समेत उनले जानकारी दिए छ्न ।

प्रतिक्रिया दिनुहोस्