भारतलाई राप्रपा अध्यक्ष थापाको जवाफ-‘दबाबबाट हामी झुक्दैनौ’



काठमाडौं, ८ जेठ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतको दवावबाट नेपाल नझुक्ने बताउनुभएको छ ।
समाजिक सञ्जाल ट्वीटरमार्फत सिमानाबारे भारत सरकारको अभिव्यक्तिलाई लक्षित गर्दै लेख्नुभएको छ- ‘नेपाल वार्ताबाट समाधान खोज्न तयार छ, तर दवावबाट झुक्दैन।’

उहाँले सन्धि विपरित नेपाली भूमी अतिक्रमण गरी भारतले ६ दशकदेखि सिमाको ‘कृत्रिम विस्तार’गर्दै आएको बताउनुभएको छ । ‘सन्धि विपरित नेपाली भूमी अतिक्रमणगरी भारतले ६ दशकदेखि सिमाको कृत्रिम विस्तार गर्दै आएको हो,’ थापाले उल्लेख गर्नुभएको छ ।

थापाले अतिक्रमित क्षेत्रमा सैनिक ब्यारेक खडा गर्ने,बाटो बनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको भन्दै विरोध पनि जनाउनुभएको छ । ‘वार्ताबाट समधान खोज्ने सहमति विपरित यसबीच अतिक्रमित क्षेत्रमा सैनिक ब्यारेक खडागर्ने, बाटोबनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको हो,’ थापाले लेख्नुभएको छ ।

सरकारले बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेको छ । तर भारत सरकारले लगत्तै उक्त नक्सा सार्वजनिक भएपछि अस्वीकार्य भन्दै टिप्पणी गरेको छ ।

अभिनेत्री मनिषा कोइरालाले गरेको एक ट्वीटप्रति भारतीय मिडियाहरु खनिएपछि थापाले त्यहाँका मिडियाले ‘पित पत्रकारिता’गरेको भन्दै विरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्