लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक



काठमाडौं ७ जेठ । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । नेपालका अन्तर्राष्ट्रिय सीमा नाका र स्थानीय तहलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएको हो ।

यसअघि प्रकाशन–चलन चल्तीमा ल्याइएको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपलेक, कालापानीसहितका भू–भाग छुटेका थिए । सरकारले ती सबै भू–भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो ।

आज (बुधबार) सार्वजनिक गरेको नक्सा तत्कालै चल्तीमा ल्याइने सरकारले जनाएको छ । भारतले सन् १८१६ को सुगौली सन्धिले नेपालकै भूभाग भनी किटान गरेको भूमि हुँदै मानसरोबर जाने बाटाको ट्र्याक खोलेपछि नेपाल जवाफ दिन बाध्य भएको हो ।

सरकारले आर्थिक वर्ष २०७७–७८ को वार्षिक नीति तथा कार्यक्रम गर्दै शीघ्र नक्सा सार्वजनिक गर्ने बताएको थियो । ९फोटो नारायण ढुंगाना०ू रश्र

प्रतिक्रिया दिनुहोस्