एक जना युवामा कोरोना संक्रमण भेटिएपछि काठमाडौको मैतीदेवी क्षेत्र सील



काठमाडौँ ७ जेठ । काठमाडौंको मैतीदेवीमा एकजनामा कोरोना संक्रमण देखिएको छ। बुधबार संक्रमण पुष्टि भएसँगै ती युवालाई पाटन अस्पताल लगिएको छ।

मैतीदेवीमा डेरा गरी बस्ने दुई युवामध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।अर्का एक जनाको रिपोर्ट आउन बाँकी छ। कोरोना संक्रमण देखिएपछि मैतीदेवी क्षेत्रमा अहिले प्रहरीले सिल गरेको छ।

कमलपोखरी प्रहरी वृत्तले अहिले त्यो क्षेत्र सिल गरेको हो। संक्रमित युवा रामेछापको भएको र उनी वैशाख ३० गते रामेछापबाट काठमाडौं आएको प्रहरीले जनाएको छ। मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ।

यसअघि,आजै कालिमाटी प्रहरी वृतका एक सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमित भएपछि वृतलाई सिल गरी त्यहाका सम्पूर्ण सुरक्षाकर्मीहरूलाई क्वारेन्टाइनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्