भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघ्यो



काठमाडौं ६ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख नाघेको छ । एकै दिन थप ४ हजार ६४२ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ३४० पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार १५६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १३१ जनाको मृत्यु भएको छ । कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्