संसदमा उठ्यो संघीयता खारेजीका लागि संबिधान संशोधन गर्नुपर्ने माग
काठमाडौं, ४ जेठ। राष्ट्रपति बिद्यादेबी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसदमा छलफल सुरु भएको छ। आर्थिक बर्ष २०७७र०७८ का लागि प्रस्तुत निति तथा कार्यक्रममाथि आइतबारबाट सुरु छलफलमा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अनुत्पादक बन्दै गएको प्रादेशिक संरचना खारेज गरी कोरोना समस्या समाधानका लागि बजेट केन्द्रित गर्न माग गरेकी छिन् । वार्षिक नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै सांसद पौडेलले संघीयता खारेज गर्दै तत्काल संविधान संशोधन गर्न माग गरेकी हुन्।
‘प्रादेशिक संरचना जुन अनुत्पादक छ, ठूलो परिमाणमा धनराशी खारेज भएको छ । संघीयता खारेज गरी कोरोना समस्या समाधानका लागि प्रयोग गर्न तत्काल संघीयता खारेज गर्दै संविधानमा तत्काल संशोधन गर्न माग गर्दछु,’ सांसद पौडेलले भनिन् ।