सुत्केरी महिलाको मृत्यु कोरोनाबाटै भएको पुष्टि
काठमाडौं, ३ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड-१९)को कारण एक महिलाको मृत्यु भएको छ। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन् ।
उनको बिहीबार राति मृत्यु भएको हो। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको हो।
केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो । स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो।
उनको अहिले पीसीआर पनि पोजिटिभ आएको छ। ती हिलाको पीसीआर रिपोर्ट मन्त्रालयले नियमित प्रेस सम्मेलनमा दिनेछ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । अहिलेसम्म ३६ जना भने निको भएर घर फर्कीसकेका छन् ।