फेरी थपिए नौजना कोरोनाका संक्रमित बिरामी, संक्रमितको संख्या २६७ पुग्यो



काठमाडौं २ जेठ । शुक्रबार बेलुका फेरी नौ जनामा कोरोनाको संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयले नौ जनामा कोरोना पुष्टि गरेसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २६७ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार पर्सा, उदयपुर, दाङ र काठमाडौंमा नौजना कोरोना संक्रमित थपिएका हुन्। अधिकारीले दिएको जानकारी अनुसार पर्साको वीरगञ्‍जस्थित नौ र १० वर्षीय बालकमा कोरोना पुष्टि भएको छ। त्यसैगरी वीरगञ्‍जकै २३ र ४७ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ।
अर्कातिर उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। अर्कातिर प्रदेश ५ को दाङस्थित गढवा-४,५ र तुलसीपुर-७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुषमा पनि कोरोना भाइरस पुष्टि भएको छ। त्यसैगरी संघीय राजधानी काठमाडौंको सतुङ्गल निवासी सात वर्षीय बालकमा पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना देखिएको छ।

प्रतिक्रिया दिनुहोस्