पूर्बराजालाई सवारी पास नदिएपछि सरकारको चौतर्फी आलोचना
काठमाडौं २ जेठ । पुर्ब राजा ज्ञानेन्द्र वीर बिक्रम शाहलाई सरकारले सवारी पास नदिएको भन्दै सामाजिक संजालमा व्यापक बिरोध सुरु भएको छ। लामो समयदेखि झापामा रहेका पुर्ब राजा शाहले काठमाडौं भित्रन सवारीपासका लागि मागेको अनुमति गृह मन्त्रालयले अस्वीकार गरेको बताइएको छ।श्रोतका अनुसार पुर्ब राजा शाहले काठमाडौं जानका लागि सवारी पास उपलब्ध गराइदिन भन्दै गृहमा निवेदन दर्ता गर्नुभएको थियो।तर प्रयोजनमा काठमाडौं जाने मात्र भएको भन्दै मन्त्रालयले पुर्बराजा शाहलाई सवारी पास उपलब्ध नगराएको निर्मल निवास श्रोतले जनाएको छ।समाचार बाहिरिएसंगै पुर्बराष्ट्राध्यक्ष समेत रहेका पुर्ब राजालाई सवारी पास उपलब्ध नगराएर सरकारले अपमान गर्न खोजेको आरोप सामाजिक सन्जाल प्रयोगकर्ताहरुले लगाएका छन। सम्मानित नागरिकका रुपमा सचेततापुर्बक राज्यप्रतिको आफ्नो दायित्व निर्बाह गरिरहनु भएका पुर्बराजा शाहप्रति गरिएको अपमानको मुल्य सरकारले चुकाउनुपर्ने चेतावनी समेत कतिपयले दिएका छन।आफ्ना कार्यकर्ता र आसेपासेहरुलाइ निर्बाध ओहोरदोहोरका लागि पास उपलब्ध गराउने सरकारले पुर्बराजामाथि राजनैतिक प्रतिशोध सांध्न खोजेको उनीहरूको आरोप छ।
कोरोना संक्रमण दर बढेसंगै राजधानी प्रवेशमा कडाइ गरेको सरकारले यस अघि जारी गरिएका सम्पुर्ण सवारी पास रद्द गर्दै काठमाडौं प्रवेशका लागि गृहको स्वीकृति लिनुपर्ने ब्यबस्था लागू गरेको गरेको छ। तर कोरोना संक्रमणप्रति सामाजिक सन्जालमार्फत चिन्ता व्यक्त गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि खडा गरिएको सरकारी कोषमा २ करोड रुपैयाँ सहयोग गर्नु भएका पुर्बराजामाथि सरकारले गरेको व्यबहार शोभनीय नभएको प्रतिक्रिया सर्बसाधारणको छ।
राप्रपाका अध्यक्ष कमल थापाले सर्बसाधारण सरह लकडाउनको पालना गरेर बसेका पुर्ब राजाको सवारीपास रद्द गरेर सरकारले निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन।सामाजिक संजाल फेसबुकमार्फत थापाले सरकारी कदमलाई हावा कामको संज्ञा समेत दिएका छन। पुर्बराजालाई सवारी पास उपलब्ध नगराएकोप्रति असन्तुष्टी जनाउंदै बरिष्ठ पत्रकार देबेन्द्र चुंडालले सामाजिक संजाल फेसबुकमा सरकारले पुर्ब राष्ट्राध्यक्षको मर्यादा राख्न नसक्नु खेदजनक भएको टिप्पणी गरेका छन।आफ्ना कार्यकर्तालाई बिना प्रयोजन पास दिने सरकारले शाहलाई पास नदिनु राजनीतिक प्रतिशोधको पराकाष्ठा भएको उनको आरोप छ।