काठमाडौ उपत्यकामा संक्रमण देखिएसँगै टेकु अस्पतालमा चाप बढयो
काठमाडौं २ जेठ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण देखिएसँगै शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षण गराउनेको चाप बढेको छ ।
औषत दैनिक दुई सयको हाराहारी मानिसको कोराना परीक्षण गरिदै आएकोमा काठमाडौं उपत्यमामा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै परीक्षण गराउन अस्पताल पुग्नेको संख्या ५ सय नाघेको छ ।
अहिले औषत ५ सय मानिस कोरोना परीक्षणका लागि सरुवा रोग अस्पताल टेकु पुग्ने गरेको अस्पतालका निर्देशक डा।सागर राजभण्डारीले जानकारी दिए ।
घरधनीको दबाबमा समेत मानिसहरु कोरोना परीक्षणका लागि अस्पतालसम्म आइपुगेको उनले जानकारी दिए ।