थप ३ जनामा देखियाे काेराेना, संक्रमितकाे संख्या २ सय ४९ पुग्याे
काठमाडौं १ जेठ । नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौंमा गरिएको परीक्षणअनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अरु दुई जना भने धनुषा र धादिङका हुन्। धनुषाको १७ वर्षकी र धादिङ चरमैदीकी ३० बर्से महिलामा कोरोना पोजेटिभ देखिएको हो।