भाडामा बस्नेलाई बिजुलीको महसुलमा छुट दिन्छौँ : मन्त्री पुन



काठमाडौ ३० बैशाख । सरकारले घर भाडामा बस्नेहरुलाई पनि बिजुलीको महसुलमा छुट दिन अध्ययन थालेको जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सरकारले अहिले दिएको २५ प्रतिशत महसुल छुट घरधनीले मात्रै पाएको र घर भाडामा बस्नेले नपाएको गुनासो सुनिएको भन्दै अब भाडामा बस्नेलाई छुट दिन अध्ययन थालेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समान (सेजन) ले गरेको भिडिओ कन्फ्रेन्समा मन्त्री पुनले भाडामा बस्ने विद्यार्थी र मजदुरले बिजुलीको शुल्क चर्को भएको गुनासो गरिरहेको, सरकारले दिएको छुट घरधनीले मात्रै उपयोग गरेको लगायतका गुनासो सुनिएको बताए ।

अब घर भाडामा बस्नेलाई छुट्टै मिटर राख्न लगाएर या अन्य कुनै विधिमार्फत छुट दिन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्