सोलु कांग्रेसले गर्यो काठमाडौंमा रक्तदान
काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेस काठमाडौं (सोलुखुम्बु सम्पर्क समितिको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। राजधानी काठमाडौंको चाबहिलमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका ५२ नेता कार्यकर्ताले रक्तदान गरेको सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेतले जानकारी दिए।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा रक्तदानमार्फत केहि योगदान गर्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताए।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिं केसी, सोलु कांग्रेसका नेताहरू प्रकाशसिं कार्की, शम्भुहरी बास्तोला,भोजराज कार्की, जय राई, खिलराज बस्नेत,निरकुमार शर्मा , अशोक झा लगायत अन्य नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको बताइएको छ ।