आत्मसमर्पणवादविरुद्ध आन्दोलन चर्काउने माओवादी केन्द्रको चेतावनी



काठमाडौं, २८ बैशाख । नेपालको उत्तरी सीमा अन्तर्गत लिपुलेक क्षेत्रबाट भारतले मनोमानीपूर्वक मानसरोवर जोड्ने बाटो बनाएको प्रति विरोध जनाउँदै नेकपा (माओवादी केन्द्र) ले भारतीय हस्तक्षेप नरोकिए सरकारको आत्मसमर्पणवाद विरुद्ध देशभर देशभक्तिपूर्ण आन्दोलन चर्काउने चेतावनी दिएको छ ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जोड्ने उक्त सडकको भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको खबर सार्बजनिक भएको भोलिपल्ट शनिबार माओवादी केन्द्रले त्यस्तो चेतावनी दिएको हो ।
माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘यहि वैशाख २६ गते नेपाली भूमि गुञ्जीहुँदै लिपुलेक र मानसरोवर जोड्ने सडक भारतले उद्घाटन गरेको कार्यले नेपाली राजनीतिमा मात्र नभै विश्व राजनीतिमा समेत तरङ्ग श्रृजना गरेको छ । भारतले नेपालको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय स्वाधीनतामा प्रभाव पार्दै ठाडो हस्तक्षेप गरिरहेको प्रति हामी घोर भत्सर्ना, निन्दा र विरोध गर्दछौं ।’
उनले जारी गरेको विज्ञप्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिटलरले जसरी युरोप कब्जा गर्ने अभियान सञ्चालन गरेका थिए त्यसैगरी दक्षिण एशियामा आफ्नो विस्तावादी नीति लाद्ने योजना अघि सारेको बताइएको छ । उनले हिटर जसरी आफ्नो योजनाबाट असफल भएका थिए त्यसरी नै मोदीको दक्षिण एशिया कब्जा गर्ने अभियान पनि सफल हुन नसक्ने तर्क समेत गरेका छन् ।
नेपाललमाथिभारतको बारम्बार हुने हस्तक्षेप प्रति ओली सरकारको लाचार र आत्मसमर्पणवादी चरित्र देखिनुले राष्ट्रिय जटिल संकट श्रृजना हुन पुगेको ठहर गर्दै माओवादी केन्द्रले देशरक्षार्थ देशभक्तिपूर्ण आन्दोलनको तयारीमा जुट्न आम देशभक्त नागरिक, संघ, संगठन र नेता, कार्यकर्ताहरुलाई अनुरोध समेत गरेको छ ।

विज्ञप्तीमा भनिएको छ–‘सरकारको लाचारीपन र भारतीय हस्तक्षेपकारी नीतिको विरोध तथा देशभक्तिर्पूण आन्दोलनका लागि तयार रहन आह्वान सहित नेपाली भूमिबाट भारतीय सेना हटाउन र हस्तक्षेप बन्द गर्न नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० नेपाल सरकार समक्ष जोडदार माग गर्दछ।माओवादी केन्द्रको डिस्प्ले फोटो। किराँती

आत्मसमर्पणवादविरुद्ध आन्दोलन चर्काउने माओवादी केन्द्रको चेतावनी काठमाडौं, २८ बैशाख । नेपालको उत्तरी सीमा अन्तर्गत लिपुलेक क्षेत्रबाट भारतले मनोमानीपूर्वक मानसरोवर जोड्ने बाटो बनाएको प्रति विरोध जनाउँदै नेकपा ९माओवादी केन्द्र० ले भारतीय हस्तक्षेप नरोकिए सरकारको आत्मसमर्पणवाद विरुद्ध देशभर देशभक्तिपूर्ण आन्दोलन चर्काउने चेतावनी दिएको छ ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जोड्ने उक्त सडकको भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको खबर सार्बजनिक भएको भोलिपल्ट शनिबार माओवादी केन्द्रले त्यस्तो चेतावनी दिएको हो ।
माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘यहि वैशाख २६ गते नेपाली भूमि गुञ्जीहुँदै लिपुलेक र मानसरोवर जोड्ने सडक भारतले उद्घाटन गरेको कार्यले नेपाली राजनीतिमा मात्र नभै विश्व राजनीतिमा समेत तरङ्ग श्रृजना गरेको छ । भारतले नेपालको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय स्वाधीनतामा प्रभाव पार्दै ठाडो हस्तक्षेप गरिरहेको प्रति हामी घोर भत्सर्ना, निन्दा र विरोध गर्दछौं ।’ उनले जारी गरेको विज्ञप्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिटलरले जसरी युरोप कब्जा गर्ने अभियान सञ्चालन गरेका थिए त्यसैगरी दक्षिण एशियामा आफ्नो विस्तावादी नीति लाद्ने योजना अघि सारेको बताइएको छ । उनले हिटर जसरी आफ्नो योजनाबाट असफल भएका थिए त्यसरी नै मोदीको दक्षिण एशिया कब्जा गर्ने अभियान पनि सफल हुन नसक्ने तर्क समेत गरेका छन् ।
नेपाललमाथिभारतको बारम्बार हुने हस्तक्षेप प्रति ओली सरकारको लाचार र आत्मसमर्पणवादी चरित्र देखिनुले राष्ट्रिय जटिल संकट श्रृजना हुन पुगेको ठहर गर्दै माओवादी केन्द्रले देशरक्षार्थ देशभक्तिपूर्ण आन्दोलनको तयारीमा जुट्न आम देशभक्त नागरिक, संघ, संगठन र नेता, कार्यकर्ताहरुलाई अनुरोध समेत गरेको छ ।

विज्ञप्तीमा भनिएको छ–‘सरकारको लाचारीपन र भारतीय हस्तक्षेपकारी नीतिको विरोध तथा देशभक्तिर्पूण आन्दोलनका लागि तयार रहन आह्वान सहित नेपाली भूमिबाट भारतीय सेना हटाउन र हस्तक्षेप बन्द गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल सरकार समक्ष जोडदार माग गर्दछ।

प्रतिक्रिया दिनुहोस्