नपाक्ने ढुङ्गा
-योगेश राल्फाली
एकपछि अर्को गर्दै
थपिदै गएपछि समस्याका घाउहरु
विकल्पको विकल्प खोज्नु
विकल्प रहेन
विकल्पमा
रुझ्दै भिज्दै झरिमा
असिनाको मुङरी झेल्दै
हुरीको झोक्कापट्टि पिठ्युँ फर्काएर
घर नजिकैको बनबाट
ल्याएँ एक अंगालो
सिटासिटी खोजेर ।
घर आईपुग्दा
रोकिएको रहेनछ अघिकै बिलौना
बाबा भोक लाग्यो भन्दै
अझै सुकसुक्याई रहेछ
कठै अबोध यी छोरा
के थाहा उसलाई कोबिड(१९
के थाहा उसलाई लकडाउन
छोरालाई फकाउने उपाय रच्दै
फर्कि हेरें ती बुढी आमातिर
बिचरा बुढी आमा
भि आकारमा भोको पेट दोब्र्याउँदै
निन्द्रा खाँदै निदाउनु भएछ
आफैंले बुनेको चकटीमाथि ।
आँसु झार्दा झार्दा
मरुभूमि भैसकेको मेरो आँखाबाट
पुनःरोकिएन आँसु
बग्न थाग्यो फेरि निन्देह आँसु
मैले देखाउनु हुन्न
फिटिक्कै छोरालाई यी आँसु
सकेसम्म छल्दैरछेल्दै थिएँ
संयोग छिमेकी आई सोध्यो
के छ दाइ रु
खाना पाक्यो भनी सोधौं त छैन
दुस्ख पाक्यो दाइ रु भन्दै हिंड्यो उ
पिलिक्क छिमेकीतिर फर्केर हेर्दा
देख्यो छोराले मेरो आसु
एकछिन चुप लाग्यो छोरा
सायद, सोच्यो उसले
बुझ्यो होला छोराले
आफु मात्रै हैन
बाबा पनि रोईरहेको छ भनेर ।
छिमेकीले भने झैं
दुस्ख पाउन थालें म
सिटासाटी छिमल्दै
आगोसँगै दुःख फुक्नलाई
ओसिएको सलाई
कोर्दा कोर्दा हैरान भएँ
बल्लतल्ल बल्यो
कोर्यो कि बल्यो भनी बिज्ञापन दिने
खाँटी सलाईको बट्टाबाट
र खोजें बसाल्न कसौंडी
यत्रतत्र खोजें बल्लतल्ल भेटाएँ
संघारको कुनामा
सुनेको त हो मध्य रातमा आवाज
दुई चार सीता भात थियोे
खाओस बज्याले पनि भन्दै
निदाएको थिएँ मुसालाई सराप्दै
बदलामा मुसाले
भातको सीता मात्रै हैन
झारेछ कसौंडी सरङबाट
र पारिदिएछ भ्वाङ
थपियो मेरो पिडामाथि
फेरि अर्को एउटा भ्वाङ
जसोतसो कोल्टाएर पकाउन
खोंजे हिजोको बाँकी
एक पसार पिठो
अहँ, छैन रांईदांई गरि
खाएछ मुसाले विकल्पमा झट्ट सम्झें
ूढुङ्गाू पकाएको कथा
पानी हाले जस्तो गरें
भ्वाङ परेको कसौडीमा
छोराले नदेख्ने गरि
बसालें साथमा एउटा ढुङ्गा पनि
र फर्केर हेरें छोरातिर
आगो बलेपछि पाक्ने आाशामा
निदाएछ उ पनि भि आकारमै
हजुर आमाको छेवौमा गएर ।
विकल्पमा
भ्वाङ परेको कसौडीमा
कहिल्यै नपाक्ने ढुङ्गा
बसाले जस्तो गरि
घरबाट निस्केको छु, सरकार !
लकडाउन थपेपछि त
पक्कै राहत पनि थपियो कि भनी
हो, सरकार !
फिटिक्कै ढाँटेको छैनरडाँटेको छैन
धरोधर्म मरि जाउँ
यस पाली त मलाई
राहतमा थप कसौडी पनि
मिलाई देउ ल सरकार !
किनकि मैले पनि पाकेको खानु छ ।
ल, सरकार !
नपत्याए यी तस्बिर
कैद गरेर ल्याएको छु मोबाईलमा
भि आकारमा सुतेका
आमा र छोराको तस्बिर
साथमा भ्वाङ परेको कसौडी
र कहिल्यै नपाक्ने ढुङ्गो
छ देखाउँला स(प्रमाण
सरकार!
यो अनुनय विनयलाई
मेरो कमजोरी सम्झेर
बदलामा
कतै कार्टुनमा नाँचे झैं गरि
मादल बजाएर नाँचीरह्यौ भने
हेक्का रहोस कि
सरकार १ भोको पेटमा श्लोक आउँदैन !
सरकार १ भोको पेटले श्लोक गाउँदैन !!