बैशाख २६ बाट संसद अधिबेशन
काठमाडौं २१ बैशाख । राष्ट्रपति विद्योवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी हुन् ।
उनले यही वैशाख २६ गते शुक्रबारका अपरान्ह साढे ४ बजे अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा दुबै सदनको बैठक बस्ने गरी अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।
यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बर्खे तथा बजेट अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसको आधारमा राष्ट्रपतिद्वारा संसदको अधिवेशन सुरु र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ