नेकपा सचिवालय बैठक सकियाे



काठमाडौ १७ वैशाख । चर्को विवादबीच प्रधानमन्त्री निवास बालुवाटारमा बेसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक भर्खरै सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन नसकेको जनाकारी प्राप्त भएको छ ।
सचिवालय बैठक सकिएपछि पत्रकारहरुको प्रश्नको जवाफ दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टी एकताको सुदृढीकरण, सरकार र केही साथीहरुले माग्नुभएको स्थायी कमिटीको बैठकको बारेमा गम्भीर छलफल भएको छ। छलफल जारी छ।’ उनले पार्टीको स्थायी कमिटीको बैठकबारे आगामी २० गते पुनः बस्ने सचिवालय बैठकले टुंगो लगाउने बताए।

प्रतिक्रिया दिनुहोस्