सोलुदुधकुन्ड नगरपालिका : मेयर उपमेयरको आ-आफ्नै दावी



सोलुखुम्बु , १६ बैशाख ।जिल्लाको एकमात्र नगरपालिका सोलुखुम्बुले जिल्ला बाहिर रहेका आफ्ना नागरिकहरुको उद्दार कार्य तत्कालका लागि सप्पन्न भएको जनाएको छ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समय लम्बिंदै गएका कारण समस्यामा रहेका नगरबासीहरुलाइ काठमाडौंबाट उद्दार गरिएको मेयर नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिएका छन।समस्यामा रहेका नागरिकहरुको उद्दारकार्यलाई प्राथमिकतामा राखेर निकै सक्रियता देखाएका मेयर शेर्पाले ७ सय ९९ नगरबासीहरुको उद्दार काठमाडौंबाट गरिएको जानकारी दिए।

उद्दार गरिएका मध्ये ६ सय १६ जनालाई नगरपालिका आफैंले जिल्ला भित्र्याएको जानकारी दिंदै उनले ९६ जनालाई आफैंले पास उपलब्ध गराए पनि उनीहरू आफै सवारी साधनको ब्यबस्थापन गरेर जिल्ला फर्किएको बताए।नगरपालिकाले सबैभन्दा बढी वडा नम्बर ११ का १७५ जनालाई उद्दार गरेको छ।त्यसपछि वडा नं ८ बाट १२७ र वडा नं १० बाट १ सय ३ जनाको उद्दार गरिएको मेयर शेर्पाले रहस्य खबरलाई बताए।
शेर्पाका अनुसार वडा नं १ बाट ७३, २ बाट ३५,३ बाट ४७ ,४ बाट ५५ र ५ बाट ३५ जनाको उद्दार गरिएको छ।यसैगरी उद्दार गरिएकाहरुमा वडा नं ६ का ५७,७ का ३७ र ९ का ५५ जना नागरिकहरु रहेका छन् ।काठमाडौंबाट उद्दार गरिएका सबै नागरिकहरुको पत्तालेमा स्वास्थ्य परीक्षण गरिएको थियो।उनीहरू सबैजना हाल सेल्फ क्वारेन्टाइनमा रहेको उनले बताए।

 

 

मेयर शेर्पाले केहि दिन अघि लकडाउनका कारण अलपत्र परेका बिरामी तथा उनीहरूका आफन्त जिल्लाबासीहरुलाइ छिमेकी जिल्ला ओखलढुंगाको मिसन अस्पताल पुगेर उद्दार गरेका थिए।बिपतमा रहेका नागरिकहरुको उद्दार पछि अब समस्यामा रहेका नगरबासीहरुलाई राहत बितरणमा ध्यान केन्द्रित गरिने उनले बताए।यसअघि पनि दैनिक गुजारामा समस्या आएर सम्पर्कमा आएका ३ सय भन्दा बढी नगरबासीलाइ राहत उपलब्ध गराइसकेको जानकारी पनि उनले दिए।नगरपालिकाले अशक्त,अपांग,बृद्द र बिरामीहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण र निशुल्क औषधि बितरण गरिरहेको जानकारी पनि उनले दिए। उता उपमेयर कल्पना राइले पनि आफ्नो नेतृत्वमा ६ सय ३३ नगरबासीको उद्दार गरेको दावी गरेकी छन।मंगलबार प्रेस नोट जारी गर्दै राइले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मार्गदर्शन र नेताहरूको सहयोगमा उनीहरूको उद्दार गर्न सफल भएको भन्दै अब राहत बितरणमा लाग्ने बताएकि छन।राइले उद्दारका लागि सहयोग गरेको भन्दै प्रदेश १ का भौतिक पुर्बाधार बिकास राज्यमन्त्री अम्मिर गुरुङ,संघीय सांसद हेम कुमार राइ र प्रदेश सांसदहरू बुद्धिकुमार राजभण्डारी र उत्तम बस्नेत लगायत पार्टीका अन्य नेताहरुलाइ जारी प्रेस नोटमार्फत धन्यवाद समेत ब्यक्त गरेकी छन।
मेयर शेर्पाले भने उपमेयर राइले प्रेस नोटमार्फत जनतालाई भ्रमित बनाउन खोजेको आरोप लगाएका छन्। मैंले काठमाडौं बसेर सक्रिय हुंदा त त्यतिको उद्दार गरें,वहाँ घरबाट बाहिर निस्कनु भएको छैन। अनि कसरी त्यत्रो संख्यामा नागरिक हरुको उद्दार गर्नुहुन्छ १ मेयर शेर्पाले आश्चर्य ब्यक्त गरे।

उपमेयर राइद्वारा जारी प्रेस नोट

प्रतिक्रिया दिनुहोस्