थप दुइजनामा कोरोनाको संक्रमण भेटियो, संक्रमितको संख्या ५४ पुग्यो
रौतहट १६ बैशाख । रौतहटका दुइ जनामा कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ । जिल्लाको वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीया बस्ने ३५ वर्षीय गरी दुईजना पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएका छन।
उनीहरु चोरबाटो हुदै भारतको कलकत्ताबाट नेपाल आएका थिए । ती युवालाई चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएको थियो। प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको ती युवाको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको प्रमुख साहले जानकारी दिए। देवाही गोनाही नगरपालिकाका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन्। उनी भारतको राजधानी दिल्लीबाट नेपाल आएका थिए।
संक्रमित दुवैजना लकडाउन कार्यान्वयन भएपछि चोरबाटो हुँदै भारतबाट नेपाल छिरेको खुलेको छ।
