समस्यामा परेका नागरिकलाई सुरक्षित घर फर्काउन सांसद राइको आग्रह
काठमाडौ, १२ बैशाख ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का केन्द्रीय सदस्य एबं संघीय सांसद हेम कुमार राइले बन्दाबन्दीका कारण समस्यामा परेका जिल्ला सोलुखुम्बुबासीलाइ जिल्ला फर्काउने काम सुरु भएको जानकारी दिएका छन।
बुधबार जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न बैठकको निर्णय अनुसार बिहीबारबाट स्थानीय तहको समन्वयमा जिल्लाबासीको उद्दारको काम सुरु भएको भन्दै सांसद राइले सामाजिक संजाल फेसबुकमार्फत आइपर्न सक्ने समस्याको सहजीकरणका लागि आफू उपत्यका आइसकेको बताए ।
सांसद राईले लकडाउन सुरु भएयता जिल्लामै रहेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहहरुले गरेको तयारीबारे स्थलगत अनुगमनसहित आवश्यक निर्देशन दिएका थिए।उनी बिहीबार काठमाडौ आइपुगेको उनको सचिवालयले जनाएको छ।संकटको बेला जिल्लाका सबै स्थानीय सरकारहरुले निर्बाह गरिरहेको भुमिका अत्यन्तै प्रशंसनीय र प्रभावकारी रहेको बताउंदै सांसद राइले आफ्ना नागरिकहरुको सुरक्षित उद्दारमा ध्यान दिन आग्रह पनि गरेका छन्।
सबै भन्दा महत्वपूर्ण काम मानवीय मुल्य र मान्यताको संरक्षण भएको बताउंदै राइले आफ्नो फेसबुक स्टाटसमा यस्का लागि सबैको सहयोग र सद्भाव आवश्यक रहेको उल्लेख गरेका छन् । जिल्लाबासीहरुको उद्दारका क्रममा पनि आवश्यक सावधानी अपनाउनु पर्ने सांसद राइको भनाइ छ। जाने र लाने क्रममा चालकसहित यात्रुले सेनिटाइजरको प्रयोग गर्न,अनिबार्य माक्स लगाउन र भीडभाड नगर्न अपील गर्दै सांसद राइले जथाभावी नरोक्न र यात्रा सुरु गर्नुअघि अनिवार्य सवारीसाधनमा एक्स्प्रे छर्किन चालकलाई आग्रह गरेका छन।