कविता



आमाको महिमा
आमा आज तिमी गयौ भन कता, छाडी मलाई यहाँ,
बाटो कून लियौ गयौ तिमि कता, टाढा पराई कहाँ ?
स्वप्नामा जहिले तिमी नजरमा, उठ्दा त छैनौ यता,
ऋामा पूजनको तिथी छ घरमा, आफँै हरायौ कता ?

धेरै सिक्नु छ ज्ञानका बचनऔ, पूर्खाहरुका कुरा
फेरी जान्नु छ मावलीतिर उता, छैनन् भएका पुरा ।
के गल्ती हुन गो म बाट अथवा, केही बिगार्यौं किता,
एक्लै आज मलाइ छाडि जगमा, आफै हरायौ कता ?

तिम्रा नाति र नातिना पनि सधैँ, आमा भनी सोध्दछन्,
एक्लै सुत्नु कसोरि हो अवभनि, साँझ सधैँ खोज्दछन् ।
चन्द्र सुर्य सधैँ सधैँ गगनमा, घुम्दै छ देख्छु यता,
तिमीमात्र सदाअलप् धरतिमा, छैनौ हरायौ कता ।

बा–आमा घरमा थियौ र घरको, शोभा बढेकै थियो,
आमामात्र भयौ तथापि दिलको, दियो बलेकै थियो ।
आमा आज हराँउदा धरतिमा, सारा अंधेरो भयो,
ज्युँदो लाश सरी छु आज जगमा, सर्वस्व मेरो गयो ।।

डा. शम्भु जमरकट्टेल
किर्तिपुर

प्रतिक्रिया दिनुहोस्