उपत्यका कोरोना बिरामीमुक्त भएको प्रधानमन्त्री ओलीको घोषणा



काठमाडौं , १२ बैशाख । प्रधानमन्त्री केपी ओलीले काठमाडौं उपत्यका कोरोनाभाइरसमुक्त भइसकेको बताएका छन् । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टकी ८१ वर्षीया महिला कोरोना संक्रमण मुक्त भएको खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।

ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा उपचार गराइरहेकी ८१ वर्षीया महिला बिहीबार निको भएर घर गएसँगै उपत्यकामा कोरोनाका कोही पनि बिरामी नभएको भन्दै प्रधानमनत्री ओलीले ट्वीट गरेर सन्तोष लागेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन्, ‘काठमाडौं उपत्यका हाललाई कोरोना बिरामीमुक्त भएकोमा सन्तोष लागेको छ । डिस्चार्ज भएका सबैको पेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु ।’ अहिलेसम्म नौ नेपाली कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्