पूर्वसचिव भीम उपाध्याय पक्राउ



काठमाण्डौ ११ बैशाख । सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । ललितपुरको कुसुन्तीमा रहेको निवासबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पछिल्लो समय सामाजिक सञ्जालबाट सरकारको तीव्र आलोचना गरिरहेका उपाध्यायको केही दिनअघि स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालासँग सामाजिक सञ्जालमा गालीगलौजकै शैलीमा वादविवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्