जनतालाई सुबिधा र सहुलियत हुने कुरामा अबरोध नगरौं : कांग्रेस नेता कार्की
सोलुखुम्बु ७, बैशाख । नेपाली कांग्रेसका नेता प्रकाश सिंह कार्कीले जनतालाई सुबिधा र सहुलियत दिने कुरामा कसैले पनि अवरोध गर्न नहुने बताएका छन। नेचासल्यान गाउँपालिकाको वडा नं २ मा रहेको त्रिबेणी जलविद्युत आयोजनाको बिस्तारप्रक्रियामा कतिपय जनप्रतिनिधिले अवरोध पुर्याउन खोजेको भन्ने सुन्दा दुस्ख लागेको भन्दै कार्कीले सामाजिक सन्जाल फेसबुकमार्फत सो कुरा बताएका हुन।बत्ति बाल्न पाउने जनताको अधिकारलाई कुण्ठित गर्ने प्रयास गलत भएको भन्दै उनले जनताको सुबिधा र सहुलियतका लागि मिलेर अगाडि बढ्नु सबैको दायित्व भएको उल्लेख गरेका छन् ।जाति,पार्टी , धर्म ,लिंग र वर्ण नहेरी जनताको सहजताका लागि सबै मिलेर अघि बढ्नुको विकल्प नरेको भन्दै कार्कीले फेसबुक स्टाटसमा भनेका छन् -‘तसर्थ बिकासको काममा अबरोध नगर्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछु।
यतिबेला नेचासल्यान गाउँपालिकामा बत्ती बाल्ने कुराले निकै चर्चा पाइरहेको भन्दै कार्कीले आफ्नो स्टाटसमा अगाडी लेखेका छन,-‘कहिले तुइन्टार लघुजलबिधुत ,कहिले राष्ट्रिय प्रशारण लाइनले चर्चा पाउंछ।अहिले त्रिबेणी लघु जलविद्युतबाट उत्पादन भएको बिद्धुत बिस्तारको तयारी छ, तर बत्ती बाल्न पाउने जनताको अधिकारलाई कुण्ठित गर्न केही प्रतिनिधि लागेको भन्ने सुन्दा अत्यन्त दुस्ख लागेको छ। बत्ती बाल्ने तथा कुनै पनि बिकासको काम जो कोहीले गर्न खोजेपनि अवरोध गर्न खोज्नु राम्रो होइन।’