बेलायतबाट आएका एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण, पुनः परीक्षणको लागि स्वाब काठमाडौं पठाइयो



चितवन ५ बैशाख । बेलायतबाट नेपाल आएका एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । चितवनको राप्ती नगरपालिकामा रहेका उनीहरुको भरतपुरस्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको हो।

पोजेटिभ देखिएपछि अस्पतालले पुनः परीक्षणको लागि दुबैको स्वाब काठमाडौं पठाएको छ । उनीहरूले आफू एक महिना अघि बेलायतबाट हङकङ हुँदै आएको अस्पताललाई जानकारी गराएका छन् ।

दुबै जना भरतपुर अस्पतालको आइसोलेसनमा रहेका छन् जसमा एक महिला र एक पुरुष छन्। दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्