समस्यामा परेका गाउँबासी जहाँ छन, त्यंही राहत उपलब्ध गराउन नेकपा नेचासल्यानको माग
सोलुखुम्बु , ४ बैशाख । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) नेचासल्यान गाउँपालिका कमिटीले कोरोना भाइरसको सन्त्रासमा रहेका गाउँबासीहरुको सहजताका लागि विभिन्न ठाउँमा सुपथमूल्य पसल सन्चालनमा ल्याउन स्थानीय सरकारसंग आग्रह गरेको छ।गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलालाई ९ बुंदे सुझाव तथा ध्यानाकर्षण पत्र बुझांउदै सो पार्टीले तरकारी आयातमा प्रतिबन्ध लगाइ स्थानीय कृषकहरुद्वारा उत्पादित तरकारी गाउँपालिका भित्रका उपभोक्ताले उपभोग गर्ने बाताबरण मिलाउन ध्यानाकर्षण समेत गराएको छ।

गाउँपालिका कमिटीले अन्यत्र गै अध्ययन गरिरहेका बिद्यार्थी तथा दैनिक ज्यालादारी गरिरहेका गाउँबासीहरु बन्दाबन्दीका कारण संकटमा भए उनीहरुको पहिचान गरि बसोबास गरेकै स्थानमा राहत कार्यक्रम अघि बढाउंन आग्रह गर्दै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको मनोबल उच्च राख्न उचित प्रोत्साहनको ब्यबस्था मिलाउन अनुरोध समेत गरिएको छ।
यस्तो छ सुझाव तथा ध्यानाकर्षणपत्र
