कोरोना : भारतमा एकै दिन ३५ जनाको मृत्यु



काठमाडौँ, ३ वैशाख । भारतमा मंगलबारमात्रै १ हजार ३४ जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमणण फेला परेका छन् । योसँगै भारतमा संक्रमितको संख्या ११ हजार नाघेको छ । मंगलबारमात्रै ३५ जनाभन्दा बढीको ज्यान गएको छ ।

हालसम्म भारतमा कोरोना भाइरसका कारण ३९३ पुगेको छ । भारतमा यही अनुपातमा कोरोना भाइरस फैलिएमा भयावह अवस्था आउने अधिकारीहरुले बताएका छन् ।

त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्मका लागि अर्थात बैशाख २१ गतेसम्म लकडाउन लम्ब्याउने घोषणा गरेका छन् । मंगलबार विशेष सम्बोधन गर्दै मोदीले वैशाख २१ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेका हुन् । उनले अबको एक हप्ता लकडाउन निकै कडा हुने पनि बताएका छन् ।

२० अप्रिलसम्म लकडाउनको कडाइपूर्वक लागू गर्न सबैलाई उनले निर्देशन पनि दिएका छन् । २० अप्रिलसम्म कुनै पनि नयाँ कोरोना भाइरस संक्रमण नदेखिएको क्षेत्रमा २० अप्रिलपछि केही खुकुलो बनाउने पनि उनले बताएका छन् ।

लकडाउन पालना नभए, हुलमुल र भीडभाड बढेमा भने खुकुलो पारिएको लकडाउनलाई पुनः कडा बनाइने पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्