काठमाडौमा अलपत्र परेकालाई बर्दियाका युबा धामीको राहत



गंगा बराल,

काठमाडौं ,२७ चैत्र । वर्दियाको गेरुवा गाउँपालिकाका जनकबहादुर धामीले जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाबाट काठमाडौं आई बसेकालाई राहत वितरण गरेका छन् ।

काठमाडौंमा आई मजदुरी गर्ने, अध्ययनका लागि डेरा गरी बसेकासहित अन्य अलपत्र परेकालाई धामीसहित मोहनराज जोशी, पुरन रोकाया, प्रेम माझीलगायतको सक्रियतामा चामल वितरण गरिएको युवा व्यवसायी धामीले बताए । जिल्लाका मानिसहरुलाई समस्या परेपछि थोरै भएपनि राहत पुगोस् भनेर सहयोग गरेको उनको भनाई छ । दुई स्थानीय तहका झण्डै ५० जनाले राहत पाएपछि दैनिक जीविकामा सहज भएको पीडितहरुले बताए । राहत पाउनेमा विशेषगरी थारु र चौधरी छन् । धामीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गाउँपालिकाको राहत कोषमा एक लाख एक हजार रुपैंया उपलव्ध गराएका छन् । धामीले गाउँघरमा अप्ठेरो परेका बेला व्यक्तिगत रुपले विभिन्न प्रकारका सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्