‘काठमाडौंबाट गाडी खुलाउने निर्णय भएकै छैन, लकडाउन जारी छ’- उपप्रधानमन्त्री पोखरेल
काठमाडौं २७ चैत्र । सरकारले शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट बाहिर जानेका लागि गाडी खुलाउने कुनै निर्णय नभएको जनाएको छ। चैत्र २८ र २९ गते दुई दिन उपत्यकाबाट बाहिरिने गाडीलाई दुई दिन चल्न दिने भनेर कुनै निर्णय नभएको उपप्रधानमन्त्री तथा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले उल्लेख गरेका छन् ।
संयोजक पोखरेलले विज्ञप्ती जारी गर्दै भनेका छन । ‘भोलि र पर्सी (२८ २९ चैत) काठमाडौं प्रवेश गर्न नपाइने तर बाहिर जान भने खुला गर्ने निर्णय गरिएको भन्ने समाचार सार्वजनिक सञ्चारमाध्यम खासगरी सामाजिक सञ्जालमा आइरहेको सन्दर्भमा ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गम्भीर ध्यानकर्षण भएको बताएका छन । पोखरेलले यस किसिमको कुनै निर्णय नभएको, कोभिड(१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसुस गरी ‘बन्दाबन्दी’ (लक डाउन) लाई जारी राखिएको उल्लेख गरेका छन ।
यता गृहमन्त्रालय समेत विज्ञप्ती जारी गर्दै शो निर्णय नभएको र लकडाउन यथावत रहेको उल्लेख गरिएको छ ।