साहित्यकार डा. रेणुका थापा ‘सोलु’ संग कोरोना संबाद : भन्नुहुन्छ, ‘मेसिन जस्तो जिन्दगी मान्छे जस्तो बनाएको छ’



प्रस्तुति : गणेश खतिवडा

हामी सबैलाई थाहा छ पहाडको जीवन निकै नै कष्टपूर्ण हुन्छ । अझ त्यसमा पनि दुर्गम पहाडको अनकण्टार गाउँमा हामी जन्मिएका भए हाम्रो जीवनमा घटेका घटना सहरी जीवन मात्र जानेकाहरूका लागि एकादेशको कथा सरह हुन्छ । त्यस्तै एकादेशको कथाको सानो अंश म आज प्रस्तुत गर्न चाहन्छु ।

सोलुखुम्बु जिल्लाको अत्यन्त दुर्गम गाउँ सोताङमा जन्मिएर बिहान साँझ घाँस, दाउरा र मेलापात गर्दै हुर्किएकी साहित्यकार रेणुका थापा ुसोलुु बल्लतल्ल दिएको एस एल सी परीक्षामा एउटा विषय लागेपछि गाउँ छोडेर हिड्नुभयो । त्यो समयमा अनेकौँ अन्धविश्वास र कुरीतिहरूलाई चिर्दै एउटी छोरीमान्छेले गाउँ छोड्नु कतिको सजिलो थियो भन्ने त मैले व्याख्या गर्नै नपर्ला । निकै हठी, दृढ निश्चय भएकी साहसी उहाँले आफन्तहरूको सहयोगमा तराई तथा काठमाडौमा अध्ययन गर्दै अन्त्यमा सोलुखुम्बु जिल्लाबाटै विद्यावारिधि गर्ने पहिलो महिला बन्न सफल बन्नुभयो ।

यति गर्दासम्म उहाँको जीवन कति संघर्षपूर्ण भयो होला त्यो सामान्य मान्छेको अनुमान भन्दा बाहिरको कुरा होला । झण्डै डेढ दर्जन साहित्यिक कृति तथा सोलुखुम्बु आउनु है हजुर बोलको गीत समेत बजारमा ल्याइसक्नुभएको उहाँले यहाँसम्म आउँदा थुप्रै कहरहरू सामना गर्नुपर्‍यो । आफूले भोगेको जस्तो दुस्ख अरूले भोग्नु नपरोस् भन्ने कुरामा उहाँ सधैँ सचेत हुनुहुन्छ । अझ महिलामाथि पर्न गएको दुस्खले उहाँलाई धेरै पिरोल्छ ।

अहिले विश्वभरि फैलिएको कोभिड(ज्ञढ को त्रासले विश्व नै डग्मगाएको छ । हाम्रो नेपाल पनि यसैका कारण लकडाउनमा छ । त्रिभुवन विश्वविद्यालयमा उपसचिवको जिम्मेवारी समेत समेत सम्हाल्दै आउनुभएकी साहित्यकार डा। रेणुका थापा ुसोलुु यतिबेला विश्वविद्यालयको छात्रावासमा फसेका विद्यार्थीहरूलाई रासन पानीको व्यवस्था गर्न खट्दै हुनुहुन्छ ।

यसै बीचमा उहाँलाई लकडाउनको कहरपूर्ण अवस्था र उहाँले बनाउनुभएको योजनाका बारेमा मैले प्रश्न राख्दा उहाँले दिनुभएको जवाफ जस्ताको तस्तै यहाँ राखेको छु । मलाई त यो प्रेरणादायी बन्यो नै, सायद तपाईहरूलाई पनि बन्नसक्छ ।

पक्कै पनि लकडाउन कहरपूर्ण हुन्छ र पीडादायी बन्छ । आफू त सोचिराछु यो हाम्रो मात्रै कुरा भएन । सारा ब्रह्माण्ड नै पीडामा छ । तर पनि म आफू चाहिँ गाउँमा जन्मिहुर्किएकाले के थाहा छ भने यो प्रत्यक्ष लकडाउनले विश्वका धनी देश, सहर पहिला समात्यो र हाहाकारको समाचार बन्यो तर गाउँमा सालैपिच्छे लकडाउन हुने समय हो यो । माघदेखि जेष्ठसम्म खाना न पानी बाँच्न बाध्य भएका जनता अझै छन् । दुरदराजमा उनीहरूको लकडाउन कहिल्यै समाचार बनेन् किनकी उनीहरूको सञ्चारमा पहुँच थिएन र छैन । कोदोको खोले, पानीसोल्दर र ढिँडो , वनका सागपात तथा कन्दमूल खाएका दृष्य आँखैमा छन् । त्यसैले यसलाई कोकोहोलो मच्चाउनु भन्दा पनि फुर्सदको समयलाई रचनात्मक बनाउन प्रयत्न गरिरहेकी छु । केही समसामयिक विषयवस्तुलाई समातेर लेख लेख्दैछु, केही कविता पनि कोर्दैछु । अनि लघुकथा पनि लेखिरहेकी छु । अहिलेको वातावरणले समसामयिक भन्दा अरू विषय समात्न दिएको छैन । परिवारसङ्ग सङ्गै बसेर मिठोपिठो नखाएको पनि वर्षौं भैसकेछ । मेसिनजस्तो जीन्दगी अहिले केही समयलाई भए पनि मान्छे भएर बाँच्न पाएकी छु । अनि लकडाउनका कारण कोठाभित्रै थुनिएका खाना समस्यामा परेकालाई आफुले सकेको केही सम्भव भएसम्म सहयोग वितरणमा पनि सहयोग गर्दैछु ।आपतमा सहयोग गर्नु भनेको नै सबैभन्दा ठूलो धर्म हो लाग्छ । यसरी सहयोग गर्न पाउँदा आत्मसन्तुष्टी लाग्छ । यसर्थ खुसी छु । खुसी भएर मात्रै आत्मबल दह्रो हुन्छ र बाँच्न सकिन्छ भन्ने लागेको छ । बेलाबेलामा सरकारलाई खबरदारी गर्ने जनताको भूमिका पनि निर्वाह गर्दैछु । यस्तै छ हजुर मेरो दैनिकी ।मेरा बारेमा सोधिदिनुभयो हार्दिक आभार व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्