नेचासल्यानमा खाद्य सामाग्रीको मुल्य निर्धारण



श्रोत: सामाजिक सन्जाल

सोभित कुमार ढुंगेल ,
सोलुखुम्बु , २५ चैत्र । उद्योग बाणिज्य संघ नेचासल्यानले गाउँपालिका भित्र बिक्री बितरण हुने विभिन्न खाद्य पदार्थहरुको मूल्य निर्धारण गरेको छ।कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागी सरकारले घोषणा गरेको बन्दाबन्दीलाइ कारण देखाएर कालोबजारी र कृत्रिम अभाव हुन सक्ने भन्दै संघको सोमकारबसेको बैठकले खाद्य पदार्थको मुल्य निर्धारण गरेको संघका सचिब प्रकाश कटेलले जानकारी दिएका छन।
कटेलका अनुसार बैठकले बन्दाबन्दीको अवधिभर गाउँपालिका र ईलाका प्रहरी कार्यालयको समन्वयमा बिहान र सांझ दुई पट्क मात्र पसल खोल्ने निर्णय समेत गरेको छ। उपभोक्ताको सहजताका लागि बिहान ७ बजेदेखि १० र अपरान्ह ४ बजेदेखि सांझ ७ बजेसम्म पसल खुला हुने उनले बताए। कुन खाद्य सामाग्रीको मूल्य कति ?

प्रतिक्रिया दिनुहोस्