सरकारविरुद्ध प्रचारबाजी गरेर बेमौसमी बाजा नबजाउन प्रधानमन्त्रीको चेतावनी



काठमाडौं २५ चैत्र । राष्ट्रका नाममा सम्बोधन गर्दै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध प्रचारबाजी गरेर बेमौसमी बाजा नबजाउन विरोधी र विपक्षी पार्टीलाई चेतावनी दिएका छन् । सम्बोधनमा ओलीले संकटकोे बेला सरकारले सकेसम्म जनताको सेवाका लागि प्रयास गरिरहेको भन्दै विश्वका विकसित मुलुक समेत कोरोनाविरुद्धको लडाईं लड्न आच्छुआच्छु भएको अवस्थामा नेपाल सरकारले औषधि उपकरणदेखि चिकित्सकहरुको व्यवस्था गरेर जनतालाई संक्रमणबाट जोगाउन हरप्रयत्न गरिरहेको दावी गरे ।

सम्बोधनका क्रममा उनले सरकारले गरेका तयारी र कामप्रति भ्रम फिजाउनुको साटोे सरकारले अघि सारेका योजानामा साथ दिनु बुद्धिमानी हुने बताउदै ओलीले यसबेला सरकार र सरकारका कामप्रति चलाएका प्रचारवाजी बेमौसमी बाजा भएको समेत स्पस्ट पारे । भ्रष्टाचार हुन नदिने सरकारको प्रतिवद्धतालाई यस्ता भ्रमले कमजोर नपार्ने भन्दै उनले सरकार र जनताबीचको बलियो एकताले नै विजय पप्त गर्न सकिने बताए । प्रधानमन्त्रीले कोरोनाविरुद्धको सर्वदलीय सहमति, संसदको संकल्पलाई यसबेला राष्टिय शक्तिका रुपमा लिएको भन्दै संकटको घडीमा आफूले खेलेको भूमिका इतिहासमा लेखिने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्