बैशाख ३ गतेसम्म थपियो लकडाउन



काठमाडौ २४ चैत । सरकारले लकडाउनको समयावधी थप गरेको छ । सोमबार बसेको मन्त्रीपरिषको बैठकले आठ दिन थप गर्ने निर्णय गरेको हो । चैत्र ११ गते देखि सुरु गरेको लक डाउन पहिलो सात दिन र त्यसपछि थपिएको दोश्रो आठ दिन सकिन लाग्दा सरकारले थप ८ दिन थप्ने निर्णय गरेको हो । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड(१९) को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।

त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपियो । तर, यो अवधिका कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको थियो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्