कोरोनाभाइरसविरुद्ध लड्न रानी मुखर्जीको १ करोड ५० लाख सहयोग



काठमाडौं २४ चैत्र । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसविरुद्ध लड्न बलिउडका विभिन्न कलाकारहरुले सहयोग गरिरहेका छन् । यसैक्रममा बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जीले कोरोनाभाइरसको रोकथाम र नियन्त्रण गर्नको लागि भारत सरकारले खडा गरेको कोरोना राहत कोषमा सहयोग गर्ने भएकी छिन् ।

भारतिय मिडियाका अनुसार अभिनेत्री रानी मुखर्जीले १ करोड ५० लाख भारतीय रुपैयाँ सहयोग गरेकी हुन् । उनले प्रधानमन्त्री कोषमा आफ्नो कम्पनी यसराज फिल्मसको तर्फबाट उक्त रकम दिएकी हुन् । यस्तै यसअघि पनि बलिउडका धेरै कलाकारले सामाजिक सञ्जालमार्फत आफुले कोरोनाविरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्