नेपालमा एकै पटक तीन जना ब्यक्तिमा कोरोनाको संक्रमण



 

काठमाडौं २२ चैत्र । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ जना पुगेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ ।

यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष पनि कोरोना पुष्टि भएको छ । यसअघि कैलालीको ३४ वर्षीय महिला पनि कोरोना पुष्टि भएको छ। ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ ।

योसँगै पहिलो पटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाको नयाँ तीन जना संक्रमित फेला परेका छन १. मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष २. उत्तराखण्डबाट फर्किएका…

Gepostet von Ministry of Health and Population-Nepal am Samstag, 4. April 2020

प्रतिक्रिया दिनुहोस्