कांग्रेस नेता कार्कीद्वारा राहत बितरण
काठमाडौं,२२ चैत । लकडाउनका कारण समस्यामा परेका जिल्लावासीहरुलाइ सहयोग गर्ने घोषणा गरेका नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाश सिंह कार्कीले काठमाण्डौमा समस्यामा परेका सोलुखुम्बुबासीहरुलाई शुक्रबार खाद्यन्न सहयोग गर्नुभएको छ । उहाँले लक डाउनमा राजधानी काठमाडौमा समस्यामा परेका विद्यार्थी तथा मजदुरहरुलाई चामल दाल, नुन, तेल, चिउरा लगायतका खाद्यन्न सामाग्री प्रदान गर्नुभएको नेवि संघका नेता दीनराज बास्तोलाले जानकारी दिए ।
बास्तोलाले बताए अनुसार कार्कीले काठमाण्डौको कोटेश्वर, जडीबुटि, पेप्सिकोला, बौद्ध, चाबाहिल, गौशला, कालोपुल तिनकुने लगायतका क्षेत्रमा बस्दै आएका १ सय ७ विपन्न, विद्यार्थी तथा दैनिक ज्यालादारी गर्ने मजदुरका परिवारलाई राहत वितरण गरेका हुन । कार्कीले विश्व नै कोरोना भाईरस कोभिड १९ सँगको लडाईमा रहेकाले यस्तो अवस्थामा सबैले सकेको सहयोग गर्नु हरेक नागरिकको दायित्व भएको बताउदै आएका छन् । नेपाल फ्रेट फरवार्डस एसोसियसनका अध्धक्ष समेत रहेका कार्किले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा स्थापित कोषलाई विहिबार मात्रै ७ लाख ६ हजार १ सय १ रुपैयाको चेक हस्तान्तरण गरेका थिए । यस्तो विपतको घडीमा समाजमा रहेका एक ब्याक्तिले अर्को ब्याक्तिलाई सक्दो सहयोग गरेर राज्यलाई साथ दिनु हरेक नागरिकको दायित्व भएको कार्कीको भनाई छ ।