लिखु हाइड्रोद्वारा लकडाउन उल्लंघनः स्वास्थ्य मापदण्ड पुरा नगरी हाइड्रोमा काम गर्दै कामदार
राजेन्द्र बस्नेत
सोलुखुम्बु, २२ चैत्र ।सरकारद्वारा जारी निर्देशनको उल्लंघन रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिका भएर बग्ने लिखु नदिमा निर्माणाधीन हाइड्रोपावर कम्पनीले नेपाल सरकारले जारी गरेको लकडाउनको निर्देशन उल्लंघन गरेको पाइएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड(१९ भाइरसको संक्रमण बाट वचन भन्दै गत १० गतेबाट देशभर लकडाउन गरिएको छ। सरकारले अति आवश्यक काम बाहेक घर बाट बाहिर ननिस्कन र कोरोनाको संक्रमण बाट बच्ने उपायहरू अपनाउन जारी गरेको निर्देशन पछि देशैभरी उच्च सतर्कता अपनाइदै आएको छ।
यहीँ निर्देशन लाई आधार मान्दै लिखुपिके गाउँपालिकामा सक्रिय राजनितीक दलहरु सहितको बैठकले हाइड्रोपावरको काम अर्को सुचना नभए सम्मको लागि स्थगित गर्न आग्रह गर्ने र भारत बाट आउने कामदारहरु लाई तत्कालीन अवस्थामा रोक्न निर्देशन दिन पालिका लाई अनुरोध गरेको थियो त्यही अनुरोध बमोजिम पालिकाले पनि पत्रमार्फत सर्वदलीय निर्णय र सरकारको निर्देशनको बारेमा आयोजना लाई जानकारी गराएको थियो । सरकारको निर्देशनको पुर्णपालना गर्ने जवाफ दिएको आयोजनाले त्यस्को केही दिनमै निर्देशनको धज्जी उडाएको छ। कामदार लाई घर जान नदिएको बाहिर बाट मान्छेहरु निर्वाध रुपमा ल्याइ रहेको र काम सुचारु गरिएको जस्ता आरोप लागेको भएपनी ती कुराले आयोजना लाई कुनै प्रभाव नपरेको सत्तारुढ दलका नेताकार्यकर्ताले नै बताएका छन ।
सिङ्गो विश्वको ध्यान कसरी यो महामारीको चपेटा बाट बाहिर निस्कने भन्ने रहेको छ नेपालमा पनि संक्रमीत देखि सकिएको छ छिमेकी देश भारतमा पनि महामारीको रुपमा देखिएकोले उच्च सतर्कता अपनाइ सकिएको छ तर यहाँ भनी कुनै सुरक्षा नअपनाइ काम थालिएको प्रती स्थानीय आक्रोशित भएका छन । केही महिना अघि निकै तामझामका साथ आफ्नो ५० औ वैवाहिक वर्षगाठ मनाएका हाइड्रोपावरका संचालक मोतिलाल दुगडले सिङ्गो देशमा संकट परेको बेला र आफ्नो साइडमा रहेका गाउँपालिकाका जनताको लागि केही सहयोग नगरेको प्रती दल तथा सर्वसाधारणहरुले आक्रोश पोखेका छन । हामी यति समस्यामा छौ हाम्रो कुनै प्रवाह छैन तर आयोजनामा बनेका संरचनाको उदघाटन गर्न हेलिकप्टर चार्टड गर्ने दुगड आज कुन दुलोमा लुकेक छन आफ्नो ज्यानको माया हुने तर यी श्रमिकहरुको सुरक्षा खोइ भन्दै प्रश्न उठन थालेको छ।
आयोजनामा सयौंको संख्यामा कामदार भएको भएपनि उनिहरुको सुरक्षाका लागि न्युनतम मापदण्ड पनि पूरा गरिएको छैन। रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रदेबी शर्माले हिजोको मन्त्रीपरिषदको निर्णयले ठुला आयोजना सशर्त संचालन गर्न दिने निर्णय गरेको भएपनी आधिकारिक रुपमा पतिपत्र भैनसकेको जानकारी दिएकी छन। उनले तत्कालीन अवस्थामा आयोजनामा रहेका कामदार लाई घर पठाउन नसकिएको र आयोजना परिसरमै स्थानीय लाई असर नपर्ने गरि कामदारको स्वास्थ्यको पुर्ण सुरक्षा सहित बाहिरी कामदार नमगाइ काम गर्न सकिने जानकारी दिइन ।
सोलुखुम्बुकी सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहिले पनि सरकारले तोकेका शर्तहरुको अधिनमा रहेर काम गर्न सकिने बताइन । तर अयोजनाले मार्बुदोभान र राङ्दामा यस्तो कुनै तयारी गरेको छैन। हिजोको सरकारी निर्णय अगावै उसले आफ्नो कामलाइ तीव्रता दिएको छ। कामदारको उचित व्यवस्थापन नगरी स्वास्थ्य चेकजाँचको व्यवस्था नगरी सरकारको निर्देशनको उल्लंघन हुँदा पनि सम्बन्धित निकाय भने मुकदर्शक भएर बसेका छन । पछिल्लो समय लिखुपिकेमा लकडाउनको उल्लंघन गर्ने घटना बढन थालेको आभास हुन थालेको छ । यसरी हाइड्रोपावरको काम सुचारु भएको र लकडाउन खुकुलो बन्दै गएपछि स्थानीय भने संक्रमण भित्रिने डरले चिन्तित हुन थालेका छन।
(यस समाचारको शीर्षकमा लिखु हाइड्रो हुनुपर्नेमा असाबधानीबस मन्त्रीको आयोजना हुनगएकोमा सच्याइएको छ- सम्पादक )