नेचासल्यान पुग्यो स्वास्थ्य सामाग्री, प्रजिअद्वारा क्वारेन्टाइन निरिक्षण
डिल्ली शर्मा, सोलुखुम्बु
चैत्र २२ सोलुखुम्बु कोरोना भाइरस (Covid-19 को जोखिम कम गर्न नेचा सल्यान गाउँपालिकाद्वारा निर्मित १२ शैया क्षमताको क्वारेन्टाइनको प्रमुख जिल्ला अधिकारी रमा आचार्य लगायतको टोलीले निरिक्षण गरेको छ । सोलुखुम्बु जिल्लामा स्वास्थ्यको अधिकतम मापदण्ड पुरागरी सुबिधा सम्पन्न क्वरेन्टाइनको ब्यबस्थापन गरेको भन्दै प्रजिअ आचार्यले प्रसंसा गर्नुभयो ।

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाही, जिल्ला अस्पताल सोलुखुम्बुका निमित प्रमुख सानी शेर्पा स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख कर्मचन्द राजबंशी, सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक टेकानन्द ईबा लिम्बु ,ससस्त्र प्रहरी बल सोलुखुम्बुका डि .एस.पि.बिशाल शिलवाल , नेपाल पत्रकार महासंघ सोलुखुम्बुका उपाध्यक्ष भोजराज कार्की लगायतको सहभागिता थियो । सो क्रममा गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले आबश्यकता अनुसार क्वारेन्टाइन थप तथा आइसोलेसन वार्ड स्थापना गर्ने जानकारी दिनुभएको थियो । अहिले नेचा सामुदायिक अस्पतालमा ६बेड र प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा ६ बेड गरि १२ बेडकोक्वरेन्टाइन स्थापना गरिइको छ ।
नेचा सल्यान गाउँपालिकाले बिभिन्न नाकामा हेल्पडेस्कको स्थापना गरी नेचा सल्यानमा भित्रिने मानिसहरुको लगत संकलन गरिरहेको बताउदै नेचा सल्यानका स्वास्थ्य शाखा संयोजक युवराज शर्माले हालसम्म नेचा सल्यान गाउपालिकामा कोरोना रोग सतर्कताका लागि जनचेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनु भयो । शर्माका अनुसार पालिकाको स्वास्थ्य शाखामा हालसम्म ३० थान पिपिई सेट, १० थान स्प्रे, १० थान नेबुलाजर, १० थान अक्सीमिटर र आबश्यक पर्ने डिसइन्फेक्टिड सोलुसन प्राप्त भएको छ ।
बिश्वव्यापि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट सुरक्षित रहन बिभिन्न स्थानिय तहले बिभिन्न ठाँउमा हेल्प डेक्स क्वारेन्टाईन तथा आइसोलेसन वार्ड स्थापना गरि स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।