भक्तपुरको ठिमीमा राहत वितरण
भक्तपुर २१ चैत्र । विश्वभरी फैलि रहेको कोरोना भाइरस संक्रमण रोक्नको लागि सरकारले गरेको लकडाउनका समयमा दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका परिवारहरु यति बेला छाक टार्ने समस्यामा छन् ।
विभिन्न जिल्लाबाट उपत्यकाका विभिन्न भागमा आर्इृ विभिन्न पेसामा मजदुरी गर्नेको संख्या लाखौं छ । लकडाउनको हल्ला चलेसँगै कतिपय श्रमिकहरु आफ्नो गृह जिल्ला फर्केका छन् । कतिपय भने फर्कन चाँहादा चाँहादै पनि लकडाउन सुरु भएका कारण फर्कन पाएका छैन्न ।
यस्तो अवस्थामा खाध्यन्न अभावका कारण समस्यामा परेका श्रमिकहरुलाई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिकाको स्थानीय सरकारले आफ्नो नगर क्षेत्र भित्र आई अस्थायी बसोवास गरी ज्याला मज्दुरी गर्ने विपन्न मजदुरहरुलाई राहात वितरण गर्ने योजना बनाएको छ ।
यसै क्रममा आज मध्यपुर ठिमी वडा नं ९ गाँखु स्थित खडका चोकमा नगरप्रमुख मेयर मदनकृष्ण श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष रामकाजी चक्रधर, वडा सदस्य ( कार्यपालिका सदस्य ) मिरा खडकका तथा स्थानीय समाज सेवीहरुको उपस्थितिमा राहत वितरण गरिएको छ । नगरले एकद्धार प्रणाली मार्फत राहात वितरण गर्ने निणर्य गरे अनुसार ४ जना सम्मको परिवारलाई प्रति परिवार चामल १० केजी, दाल १ केजी, नुन १ केजी, तेल आधा लिटर, गेडागुडी आधा केजी, चिउरा १ केजी र ४ जना भन्दा बढि परिवार संख्या हुनेलाई प्रति परिवार चामल १५ केजी, दाल १.५ केजी, नुन २ केजी, तेल १ लिटर, गेडागुडी आधा केजी, चिउरा १.५ केजी का दरले वितरण गरेको छ ।
आफ्नो वडा भित्र आई स्थायी वा अस्थायी बसोवास गरी ज्याला मजदुरी गर्ने आर्थिक अवस्था कम्जोर भएका विपन्न परिवारका श्रमिकहरुले यो विपदको बेलामा काम गर्न नपाउँदा खाध्यन्न अभावमा भोकै बस्नु नपरोस् भनेर राहात वितरण गरेको वडा अध्यक्ष रामकाजी चक्रधरले बताउनु भएको छ । पहिलो चरणको राहात वितरणमा गाँखुबाट मात्र १९० विपन्न परिवारलाई राहात वितरण गरिएको छ ।
एकै ठाउँबाट राहात वितरण गर्दा भिडभाड हुने र भाइरस संक्रमणको जोखिम हुने भएको हुनाले वडा नं ९ कै राधेराधे र बोडेमा समेत क्षेत्रगत रुपमा राहात वितरण गरिएको जानकारी स्थानीय समाज सेवी रघुनाथ खडकाले जानकारी दिनु भएको छ । राहात वितरण सँगसँगै कोरोना भाइरस र यसको संक्रमणबाट जोगिन लकडाउनको पुर्ण पालना गर्ने, अनावश्यक काममा घरबाहिर ननिस्कने, पटक पटक साबुन पानीले हात धुने र सरसफाईमा ध्यान दिनु पर्ने विषयमा जनचेतना फैलाउने काम समेत भएको जानकारी स्थानीय सामाजिक अभियन्ता सुरेशबाबु जमरकटेलले जानकारी दिनु भएको छ ।