कोरोना : प्रवेश नाकामा स्वास्थ्यकर्मीसहितको चेकपोस्ट स्थापना गर्दै नेचा सल्यान



डिल्ली शर्मा,
नेचासल्यान, १८ चैत ।कोरोना भाइरसको संक्रमणलाइ रोकथाम र नियन्त्रणका लागि सरकारले लक डाउनको समय लम्ब्याएको अवस्था मा पनि राजधानी लगायत विभिन्न ठाउँबाट गाउँपालिका भित्रने क्रम नरोकिएपछि नेचा सल्यान गाउँपालिकाले प्रवेश नाकाहरुमा चेकपोस्ट स्थापना गर्ने भएको छ।


चैत महिना यता वैदेशिक रोजगारीबाट फर्किएर सेल्फ क्वारेन्टाइनमा बसेकाहरुको अवस्था बुझ्न उनीहरूको घर जानेक्रममा गाउँपालिका भित्रिनेहरुको संख्या उल्लेख्य देखिएपछि स्वाथ्यकर्मीसहितको सुरक्षा चेकपोस्ट स्थापना गर्न लागिएको पालिका अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिए।
अध्यक्ष बास्तोलाका अनुसार पहिलो चरणमा मंगलबारबाट ओखलढुंगासंग सीमानाका जोडिएको गैरीमा चेकपोस्ट स्थापना हुनेछ । गाउँपालिका प्रवेशको प्रमुख नाका वडा नं ५ को गैरी भएका कारण पनि त्यहाँ चेक पोस्ट स्थापनालाइ प्राथमिकता दिइएको बताउदै उनले भने( अन्य नाकाहरुमा समेत क्रमशः चेक पोस्ट स्थापना गर्ने हाम्रो योजना छ।अन्यत्रबाट गाउँपालिका भित्रि नेहरुको स्वास्थ्य अवस्था यकिन गर्न का लागि मेडिकल उपकरणसहित स्वास्थ्यकर्मी र सुरक्षा कर्मीहरुको संयुक्त टोली चेकपोस्टमा २४ घण्टा परिचालित गरिने बताउंदै बास्तोलाले हालसम्म गाउँपालिका कोरोनामुक्त रहेको दावी गरे।
वैदेशिक रोजगारीबाट फर्किएकाहरुमा संक्रमण छ कि भन्ने शंका थियो उनले भने (स्वास्थ्यकर्मीहरुको निगरानीमा सेल्फ क्वारेन्टाइनमा बसेका उनीहरूको अवस्था पनि सामान्य छ।चैत यता विभिन्न देशबाट १२ जना वैदेशिक रोजगारीबाट गांउपालिका भित्रिएको जानकारी पनि अध्यक्ष बास्तोलाले दिए।संघीय संसद प्रतिनिधिसभाका सदस्य हेम कुमार राई र आफू स्वास्थ्यकर्मीहरुसंगै उनीहरूको घर घर पुगेर स्वास्थ्यअवस्था बारे जानकारी लिइरहेको बताउंदै उनले आत्तिइहाल्नु पर्ने अवस्था नरेको बताए।उनले भने (जनताको स्वास्थ्य प्रति गाउँपालिका चिन्तित छ,सावधानी भने सबैले अपनाउनु पर्छ।


प्राथमिक स्वास्थ्य केन्द्र सल्यान ,नेचा सामुदायिक अस्पताल ,साविक नेचाबेतघारी ( बतासे र छितापातलमा हेल्प डेस्क स्थापना गरेर कोरोना रोकथामका लागि गाउँपालिका प्रयासरत रहेको जानकारी समेत बास्तोलाले दिए।

प्रतिक्रिया दिनुहोस्