कविता -मौसम खडका
हो अचेल म बन्द कोठामा छु
मानब सभ्यतालाईनै चुनौति दिने
अदृश्य ज्यानमाराबाट बच्न
सानो कोठालाई संसार बनायकोछु

सडकमा एकोहोरो चिच्चाई रहेको
एम्बुलेंसको आवाजसंगै
छाति ढक्क फुल्छ
मन चसक्क हुन्छ मानौ
कसैलाई लिन आइरहेकोछ
झस्किदै घुटुक्क पानि पिउछु
मनलाई थोरै शान्त पार्छु
बन्द कोठाको झ्यालबाट
पर पर सम्म एकनास नियाल्छु अनि
रित्तो आखाँ लियर बेडमा पुर्लुक्क पल्टिन्छु
बाहिरै प्रष्ट देखिने
उफ १ सबैमा कति बिग्न नैरास्यता
कति धेरै भय त्रास र चिटचिटाहट
मानौ मृतु भन्दा धेरै गुणा मज्बुत भय झै
ओहो१मनमा पनि कति चैन छैन
खुसि यसरी लुटियको छ मानौ
पुनः कहिलै प्राप्त हुने छैन
छि१ त्रासदी र बाध्यतामा बाच्न कतिकष्टकर
समाचार पनि गणना गरिरहेछन
दैनिक सयौ मृतक र हजारौ संक्रमितको
उफ अझै रोकियकै छैन एम्बुलेंसको आवाज
झन जोड जोडले चिच्चाइ रहेको छ
मौसम खड्का
उदयपुर हाल न्युयोर्क अमेरीका