कांग्रेस नेता कार्की र नगर प्रमुख शेर्पाको एउटै आग्रह ‘दैनिक गुजारामा समस्या आए मलाइ फोन गर्नुस’



सोलुखुम्बु १८ चैत्र ।। सोलु कांग्रेसका लोकप्रिय नेता प्रकाश सिंह कार्कीले सरकारले लगाएको लकडाउनका कारण दैनिक गुजारामा समस्या आए आफुसंग सम्पर्क गर्न आग्रह गरेका छन। कोरोना भाइरस संक्रमण न्यूनीकरणको प्रयास स्वरुप सरकारले लकडाउनको घोषणा गरेको स्पष्ट पार्दै कार्कीले सामाजिक संजाल फेसबुकमार्फत लक डाउनको पुर्ण पालना गर्न र समस्या आएमा आफ्नो मोबाइल नम्बर ९८५१०२०४९३ मा र नेपाल विद्यार्थी संघका नेता दिनराज बास्तोलाको मोबाईल नम्बर ९८६२८४८४८३ र ९८०३५५२८७५ मा सम्पर्क गर्न सकिने बताएका छन। बिपत्तिको संकटपुर्ण घडीमा जोखिम न्यूनीकरणका लागि सावधानी अपनाउनु र दुरी कायम राख्नुभन्दा अर्को विकल्प हामीसंग नरेको भन्दै सामाजिक सन्जाल फेसबुकमा कार्कीले उल्लेख गरेका छन,( यस्तो अवस्थामा कोहि पनि घरबाट बाहिर ननिस्किन र घरमा पनि सावधानी अपनाएर बस्न सम्पुर्णमा अनुरोध गर्दछु।सोलुखुम्बुबाट काठमाडौ आइ बसोबास गरिरहनुभएका वा सोलुखुम्बुमै रहनुभएका विद्यार्थी , श्रमजीवी तथा बिपन्नबर्गलाइ लकडाउन अवधिभर समस्या परे समाधानका लागि तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछु ,-कार्कीले भनेका छन।


यता सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले चरम गरिबीका कारण दैनिक छाक टार्न समस्या भएका नगरबासीहरुलाइ आवश्यक खाद्यान्न सहयोग गर्ने घोषणा गरेका छन् ।बिश्वब्यापी फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले २५ चैतसम्मका लागि लकडाउनको अवधि लम्ब्याएपछी यसको प्रत्यक्ष मार अति बिपन्न तथा दैनिक ज्यालादारी गरेर जीबिकोपार्जन गरिरहेकाहरुलाई परेको गुनासो सर्बत्र भइ रहेका बेला नगरप्रमुख शेर्पाले सामाजिक संजाल फेसबुकमार्फत नगरपालिकाले त्यस्ता परिवारलाई सहयोग गर्ने घोषणा गरेका हुन। संकटको घडीमा नगरबासीहरुलाइ जस्तोसुकै सहयोग गर्न नगरपालिका २४ सै घण्टा तयार रहेको प्रतिबद्धता ब्यक्त गर्दै नगरप्रमुख शेर्पाले आफ्नो स्टाटसमा उल्लेख गरेका छन् ।

यदि यो लकडाउनको अवधिमा नगर क्षेत्र भित्र चरम गरिबीका कारण छाक टार्न वा दैनिकि चलाउन कसैलाई समस्या भएमा उक्त ब्यक्ति तथा परिवारले मलाई सिधै सम्पर्क गर्न सक्नु हुनेछ । उनले आवश्यक सहयोगका लागि आफ्नो मोबाइल नं ९८४१३४४६९०मा सिधै आफुसंग सम्पर्क गर्न सर्बसाधारणलाइ आग्रह समेत गरेका छन्।जिल्लामा तत्काल खाद्य संकट हुने अवस्था नरेको उल्लेख्य गर्दै शेर्पाले कम्तीमा तीन महिनालाइ पुग्ने खाद्यान्न तथा ग्यास भण्डारण रहेको जानकारी समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्