फेरी भेटिए नेपालमा अर्का कोरोना संक्रमति ब्यक्ति



काठमाडौं १४ चैत्र । काठमाडौं उपत्यका बाहिर कोरोनाका पहिलो संक्रमित भेटिएका छन्। धनगढी प्रादेशिक अस्पतालमा उपचाररत युवकमा कोरोना देखिएसँगै उपत्यका बाहिर पनि खतराको घण्टी बजेको हो। दुबईबाट रोजगारी गरेर आएका युवकलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए। ‘उपत्यका बाहिर देखिएको यो पहिलो केश होु, देवकोटाले भने, ‘समग्रमा यो कोरोना संक्रमणको चौथो घटना हो।
अहिले उनको चौथो केश हो। अहिले उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।ु ती प्रादेशिक अस्पतालमा युवक उपचारका लागि ११ गते चैतमा भर्ना भएका थिए। उनको स्वाब अस्पतालले संकलन गरेर टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। जहाँ परीक्षण हुँदा कोरोना पोजेटिभ पाइएको हो।

प्रतिक्रिया दिनुहोस्