कोरोनाबिरुद्द लड्न सरकारलाई सांसद “सुरबीर”ले दिए एक महिनाको पारिश्रमिक
काठमाडौ ,१२चैत्र । प्रतिनिधि सभा सदस्य हेम कुमार राई’सुरबीर’ ले बिश्वब्यापी महामारीको रुप लिइ रहेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको सरकारी अभियानमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन्। कोरोना भाइरसको प्रकोप सामनाका लागि सरकारले स्थापना गरेको आपतकालीन विशेष कोषमा आफ्नो एक महिना बराबरको सेवा सुबिधा उपलब्ध गराउने घोषणा गर्दै सांसद राइले सरकार र जनताको एकीकृत प्रयासबिना बर्तमान संकटलाई परास्त गर्न नसकिने बताए। कोरोनाबिरुद्धको लडाइँ अहिले सबैको साझा संकल्प बन्नु पर्ने बताउंदै सांसद राइले रहस्य खबरसंग भने , सरकारका हरेक निर्णय कार्यान्वयनका लागि इमानदारीपुर्बक सहयोग गर्न सबैसंग आग्रह गर्दछु।
सोलुखुम्बुबाट संघीय संसदको प्रतिनिधिसभा सदस्य निर्बाचित राइले अत्यावश्यक कामबिना घरबाहिर ननिस्कन अपिल समेत गरेका छन्। कोरोनाको महामारीबाट बच्नका लागि आंफै सचेत र सतर्क बन्नु बुद्धिमानी ठहरिने बताउंदै सांसद राइले आपतकालीन अवस्थामा जिल्लाबासीहरुलाई कोरोनाको संक्रमणबाट कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे आफू चिन्तित रहेको बताए।उनले भने ( जिल्ला अस्पताल फाप्लुको चिकित्सक आवासगृहलाई आइसुलेशन वार्ड र अनमीको कक्षा सन्चालन हुने भवन तथा आवासगृहलाई क्वारेन्टाइन बनाउने काम सुरु भएको छ।
अन्य विकल्पबारे पनि गम्भीर परामर्श भैरहेको छ। कोरोणा परिक्षणका लागि आवस्यक अत्याधुनिक उपकरण र आवश्यक थप जनशक्तिको माग पनि सरकारसंग गरिएको जानकारी सांसद राइले दिए।