कोरोनापछी चीनमा भित्रीयो अर्को खतरनाक भाइरस



बेइजिङ ११ चैत्र। चीनको वुहानबाट सुरु भएको नोभेल करोना भाइरसले विश्वलाई आतंकित बनाइरहेका बेला चीनमा फेरि अर्को भाइरस देखिएको छ ।

चीनको युनान प्रान्तमा हान्ता भाइरसबाट एकजनाको मृत्यु भएको छ । चिनियाँ सञ्‍चामाध्यम ग्लोबल टाइम्सले युनान प्रान्तमा एकजनाको हान्ता भाइरसको संक्रमणबाट मृत्यु भएको जनाएको छ । सेन्दोङ प्रान्तबाट सोमबार फर्किएका उनको मंगलबार मृत्यु भएको जनाइएको छ । उनीसँगै उक्त बसमा अन्य ३२ जना पनि सवार रहेको बताइएको छ ।

के हो हान्ता भाइरस ?

चीनको रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार हान्ता भाइरस पनि भाइरस परिवारकै एक हो । जुन मुसा प्रजातिबाट फैलिने र यसले मानिसमा विभिन्‍न संक्रमण गराउँछ । यसको संक्रमणबाट हान्ता भाइरस पल्मोनरी ९फोक्सोसम्बन्धी० सिन्ड्रोम ९एचपीएस० र हइमोरहाजिक फिभरसँगै रेनल ९मिर्गौलासम्बन्धी० सिन्ड्रोम ९एचएफआरएस० गराउँछ ।

यो भाइरसको संक्रमण हावाबाट हुँदैन । तर, मुसालगायतका प्रजातीको पिसाब, दिशा अथवा खकार छोएमा अथवा मुसा प्रजातिको टोकाइबाट हान्ता भाइरसको संक्रमण हुन्छ ।

लक्षण

हान्ता भाइरसको एचपीएस संक्रमण भएमा सुरुमा थकान महसुस हुने, ज्वरो आउने र मांशपेसी दुख्‍ने हुन्छ । यससँगै टाउको दुख्‍ने, चिडचिडाहट हुने, चिसो हुने र पेटसम्बन्धी समस्या देखिन्छ ।

यी लक्षण देखिँदा पनि उपचार नगराएमा खोकी लाग्‍ने र श्वासप्रश्वासमा समस्या हुनुका साथै मृत्युसम्म हुन्छ । चिनियाँ रोक नियन्त्रण तथा उपचार केन्द्रका अनुसार मृत्युको जोखिम ३८ प्रतिशत हुने बताइएको छ ।

त्यसैगरी एचएफआरएस पनि समान लक्षण देखिन्छन् । समयमा उपचार नभएमा कम रक्तचाप हुने, गम्भीर घात हुने, नसा फुट्‍ने र मिर्गौलाले काम गर्न छोड्‍ने हुन्छ ।

एचपीएस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भने एचएफआरएस पनि विरलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । सीडीसीका अनुसार मुसा प्रजातिको नियन्त्रण गर्नु नै हान्ता भाइरसबाट बच्‍ने प्राथमिक उपाय हो । ( फस्टपोस्ट डटकम

प्रतिक्रिया दिनुहोस्