काठमाडौमै भेटिइन कोरोना संक्रमित एक युबती



काठमाडौं १० चैत्र । काठमाडौमा एक जना युवतीमा कोरोना संक्रमति देखिएको छ । फ्रान्सबाट आएकी १९ वर्षीया नेपाली युवतीमा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चैत्र ४ गते फ्रान्सबाट कतारको दोहा हुदै नेपाल आएकी ती युवतीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सुचना अधिकारी गणेश श्रीवास्तवले जानकारी दिएका हुन । सुचना अधिकारी श्रीवाँस्तवका अनुसार ती युवती होम क्वारेन्टाइनमा बसेकी र नियमित स्वास्थ्य परिक्षण गर्ने क्रममा कोरोनाको संक्रमण देखिएको बताएका छन ।
होम क्‍वारेन्टाइनमा बसेपछि स्वास्थ्य जाँचका लागि उनी टेकु अस्पताल पुगेकी थिइन्। यवतीमा संक्रमण भेटिएपछि अहिले ती युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको इन्सुलेशनमा उपचार भइरहेको सुचना अधिकारी गणेश श्रीवास्तवले बताए ।
यसअघि अर्का नेपाली नागरिकलाई कोरोना संक्रमण देखिएको थियो। तर उनी उपचारपछि ठीक भइसकेका छन्। योसँगै नेपालमै दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्