साताको पहिलो दिन सुनको मुल्य आकासियो



काठमाडौं  । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा एक्कासी बृद्धि भएको छ । शुक्रबार प्रति तोला ७५ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आइतबार एक हजारले बढेर ७६ हजार ५ सयमा सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेको थियो ।

मंगलबार सुन ७५ हजार ५ सयमा कारोबार भएको थियो । बुधबार सुन एक हजारले बढ्दै ७६ हजार ५ सयमा कारोबार भइरहेको मा विहिबार भने १५ सयले घट्दै ७५ हजारमा कारोबार भएको थियो । गत हप्ता सुनको मूल्य घटबढ हुने क्रम निरन्तर रहेको छ ।

चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढ्दै प्रतितोला ७२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो हप्ताको मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्