राजनीतिज्ञ भुपाल किरांतीलाइ पितृशोक



राजनीतिज्ञ एबम् समाजसेवी भुपाल किंरातीलाइ पितृशोक परेको छ।किरांतीका ९४ बर्षीय पिता पदम बहादुर राइको आज मध्यान्ह निधन भएको हो।बिहानको नित्यकर्मपछि खाना खाएर आराम गरिरहेका राइको अचानक मृत्यु भएको परिवारले जनाएको छ।स्वर्गीय राइका एक छोरा किराँती र दुई छोरी हुनुहुन्छ ।वंहाको आजै अन्तिम संस्कार गरिएको छ।सोलुखुम्बु जिल्लाको नेचा सल्यान गांउपालिका वडा नं ४का स्थायी बासिन्दा राइका सुपुत्र किराँती २०४३ सालको आम निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट राष्ट्रिय पन्चायत सदस्य निर्बाचित हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्